विश्वले ‘अर्को खाडी युद्ध’ सहन सक्दैन: राष्ट्रसंघ प्रमुख
एजेन्सी । अमेरिकाले इराकको राजधानी बग्दादको एक अन्तराष्ट्रिय विमानस्थल नजिकै गरेको आक्रमणमा इरानी विशेष दस्ताका प्रमुख जनरल कासिम सुलेमानीको मृत्यु भएपछि संयुक्त राष्ट्रसंघले खाडी क्षेत्रमा अर्को युद्ध धान्न नसकिने बताएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले अमेरिकाले इराकको राजधानीस्थित एक अन्तराष्ट्रिय विमानस्थल नजिकै अमेरिकाद्वारा गरिएको आक्रमणपछि त्यस क्षेत्रमा थप हिंसा भड्किनसक्ने भन्दै शुक्रबार चिन्ता व्यक्त गरेका हुन् । उनले भने, ‘विश्वले फेरि अर्को खाडी युद्ध सहन सक्दैन ।’
‘राष्ट्रसंघका महासचिवले निरन्तर रूपमा खाडीमा भइरहेको तनावलाई कम गर्न निरन्तर पैरवी गरिरहनुभएको छ,’ गुटेर्रेसका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
‘यो अवस्थामा विश्वका नेताहरूले हिंसालाई रोक्न अत्यधिक प्रयास गर्नुपर्नेछ । विश्वले खाडी क्षेत्रमा फेरि अर्को युद्धको भार थेग्न सक्दैन ।’
संयुक्त राज्य अमेरिकाले शुक्रबार नै आफ्नो सेनाले कासिम सुलेमानीलाई मारेको घोषणा गरेको थियो ।
सन् १९९८ देखि इरानको क्विड नामक विशेष दस्ताको नेतृत्व सुलेमानीको हातमा रहँदै आएको र उक्त सुरक्षा बलले देश बाहिर गोप्य गतिविधिहरू गर्ने गरेको अमेरिकी दावी छ ।
जनरल सुलेमानीले सिरियामा बसार अल–असदको सत्ता टिकाउन र इराकमा आईएसविरुद्धको सङ्घर्षमा विशेष भूमिका खेलेको पनि चर्चा हुने गरेको छ । उनले सन् १९८० को दशकमा भएको इरान–इराक युद्धमा पनि लडेको अनुभव रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण