आजको मौसम कस्तो रहला ?
शनिबार, १९ पुस २०७६, ०७ : ०९
मौसम पूर्वानुमान महाशाखाले आजको मौसमको पूर्वानुमान गरेको छ । महाशाखाका अनुसार नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परेको छ ।
पूर्वानुमानमा पश्चिमी न्यून चापीय प्रणालीका कारण शनिबार पनि देशैभरीको मौसममा बदली हुने जनाएको छ ।
आज दिउँसो देशको मध्य क्षेत्रमा, पूर्वी क्षेत्र, पश्चिमी पहाडी क्षेत्र र तराईका क्षेत्रमा आंशिक बदली हुनेछ । यसैगरी, उच्च पहाडी र हिमाली भूभागहरुमा हल्कादेखि मध्यम हिमपात हुनेछ । साथै पहाडी क्षेत्रका केही स्थानमा भने पानी पर्ने पूर्वानुमानमा उल्लेख गरिएको छ ।
राति भने देशको मध्य र पूर्वी भूभाग, पश्चिमी भूभाग र पश्चिमी तराईका भूभागमा मौसम सफा हुनेछ ।
यसैगरी, पूर्वी उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपात हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण