स्वस्थ्य नीति चाँडो ल्याउने गृहकार्य भइरहेको छ : मन्त्री ढकाल
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य नीति चाँडो ल्याइने गृहकार्य भइरहेको बताएका छन् ।
काठमाडौँ महानगरपालिका–१४, ग्रिन लन्स एकेडमीको २६ औँ वार्षिकोत्सवको शुभारम्भ गर्दै उहाँले विद्यालय आसपास क्षेत्रमा सूर्ति तथा मदिराजन्य वस्तु बिक्री वितरण गर्न नपाइने नियमसहितको स्वास्थ्य नीति ल्याइने बताए ।
मन्त्री ढकालले लामो अध्ययनपछि हालै ल्याइएको शिक्षा नीतिमा विद्यालयलाई क्षमतावान बनाउन प्राथमिकता दिएको उल्लेख गर्दै निजी विद्यालयलाई प्रोत्साहन गरी सरकारी विद्यालयलाई प्रतिस्पर्धात्मक बनाइने बताए ।
कामपा १४ का वडाध्यक्ष शोभा सापकोटाले विद्यालयले पाठ्यक्रमका अतिरिक्त अन्य क्रियाकलापमा पनि विद्यार्थीलाई सिकाउनुपर्नेमा जोड दिए ।
विद्यालयका अध्यक्ष मोहनकुमार बस्नेतले विद्यालयले शैक्षिक गतिविधिका साथै विभिन्न सामाजिक कार्यमा समेत सहयोग गरिरहेको जानकारी दिए ।
प्रधानाध्यापक भीष्म पाण्डेले २६ वर्ष अगाडि स्थापित यो विद्यालयले देशको शैक्षिक क्षेत्र उन्नयनमा ठूलो योगदान गरिरहेको उल्लेख गर्दै विद्यालयमा ७०० विद्यार्थी अध्ययनरत रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण