विवादास्पद एमसीसीका परियोजना पनि राष्ट्रिय गौरवका आयोजनाभित्रै
प्रायः सबै राष्ट्रिय गौरवका आयोजनाको प्रगति सुस्त रहेका बेला सरकारले त्यस्ता आयोजनाको सूची बढाउँदै लगेको छ ।
संसद्मा विचाराधीन रहेको विवादास्पद अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनासहित तीन वटा आयोजनालाई गौरवका आयोजनाका रुपमा समावेश गर्ने तयारीमा राष्ट्रिय योजना आयोग लागेको छ ।
गौरवका आयोजनाको सूचीमा थपिन लागिएका अनय दुई आयोजना सुनकोशी मरिन सिँचाइ आयोजना तथा राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम हुन् । आयोग स्रोतका अनुसा यी आयोजनालाई सूचीमा राख्न प्रोजेक्ट बैंकमा प्रविष्ट गराउने प्रक्रिया अघि बढाइएको छ ।
एससीसी ठूले परियोजना भएकाले ठूला आयोजनाको सूचीमा राख्ने तयारीमा छ, संसद्बाट पास भएलगतै सो आयोजना राष्ट्रिय गौरवका आयोजनामा राखिनेछ,’ योजना आयोग स्रोतले बतायो ।
ती तीन आयोजना सूचीकृत भएमा गौरवका आयोजनाको संख्या हालको २१ बाट बढेर २४ पुग्नेछ । यो समाचार आजको आर्थिक अभियानमा विजय दमासेले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण