कासिम सुलेमानीको हत्यापछि इराकमा रकेट हमला
इराकको राजधानी बगदादसमेत विभिन्न इलाकामा रकेट हमला भएको इराकी सेनाले जानकारी दिएको छ । यी रकेट हमला अमेरिकी दूतावास नजिकैको ग्रीन जोन, बगदाद नजिकैको जदरिया र अमेरिकी सुरक्षाबल भएका बलाद एयरबेसमा भएको हो ।
सेनाले यी हमलामा कसैको पनि मृत्यु नभएको बताएको छ । इरान समर्थित मिलिशिया लडाकूले केही हप्ताअघि यस्तो हमला गरेको थियो । तर अब अमेरिकाको हवाइ हमलामा इरानका कमान्डर कासिम सुलेमानी मारिएपछि यो तनावमा थप वृद्धि भएको छ ।
कताइब हिजबुल्ला मिलिशियाले एक बयान जारी गरेको छ जसमा उसले इराकी सेनालाई आइतबार बेलुकासम्म अमेरिकी बेसबाट कम्तीमा एक हजार मिटर पछि हट्न भनेको थियो ।
यस्तै, इराकी पुलिसले जदरियामा मिसाइलको हमलामा पाँचजना घाइते भएको जानकारी दिएको छ । यसबाहेक अरु कुनै क्षतीको खबर उल्लेख छैन ।
अर्कोतर्फ समाचार एजेन्सी रोयटर्सले इराकी सेनालाई उद्धृत गर्दै यी रकेट ग्रीन जोन नजिकै जदरिया र अमेरिकी सुरक्षाबल भएको एयरबेसमा खसेको जानकारी दिएको छ । रोयटर्सले पनि यसमा कसैको मृत्यु नभएको जानकारी दिएको छ ।
शुक्रबार बगदाद एयरपोर्ट नजिकै भएको अमेरिकी हमलामा इरानका सैन्य कमान्डर जनरल कासिम सुलेमानीसमेत इरानको समर्थन भएको कताइब हिज्जुबुल्लाह गुटका कमान्डर अबु महदी अल–मुहांदिसको पनि मृत्यु भएको थियो ।
सुलेमानी इरानको बहुचर्चित कुड्स फोर्सका कमान्डर थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण