‘साङ्लो’ मा विराजको भरपुर एक्सन
काठमाडौं । करिव ४ वर्षको अन्तरालपछि अभिनेता विराज भट्ट नेपाली फिल्मको पर्दामा देखिने भएका छन् । उनी आफ्नै निर्माण निर्देशन रहेको फिल्म ‘साङ्लो’बाट पुनः पर्दामा छाउन लागेका हुन् ।
फिल्म ‘साङ्लो’को अहिले ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा फिल्म भित्रको कमेडी, रोमान्स, प्रेम र एक्सनका विषय समेटिएका छन् । ट्रेलरमा विराजको एक्सन अवतार समेत देख्न सकिन्छ । फिल्ममा विराजको अलवा ‘मिस नेपाल– २०१७’ की विजेता निकिता चाण्डक, जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी, भिष्म जोशी लगायतका कलाकारको अभिनय छ ।
शिवम् अधिकारीको लेखन, सुरेश अधिकारी र राजनराज शिवाकोटीको संगीत, श्री श्रेष्ठको एक्सन, मानकृष्ण महर्जनको छायाँकन, अर्जुन जिसीको सम्पादन रहेको फिल्ममा कविराज गहतराज र रामजी लामिछानेको नृत्य समेटिएको छ ।
आगामी माघ २४ गतेबाट देशभर रिलिजको तयारीमा रहेको यो फिल्मको केही पहिले ‘चरीले काफल टिप्यो’ गीत सार्वजनिक भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण