प्रदेश ५ मा राष्ट्रियसभाको निर्वाचनः ३ पदका लागि ९ जनाको उम्मेदवारी
बुटवल । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश नम्बर ५ बाट ९ जनाको उम्मेद्वारी परेको छ । आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनमा ३ पदको लागि पाँच नम्बर प्रदेशमा ४ दलले मनोनयन दर्ता गराएका हुन् । निर्वाचनमा ९ जनाले उम्मेदारी दिएको निर्वाचन आयोग जनाएको छ ।
तीन पदका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काँग्रेस, समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीबाट गरि ९ जनाको उमेद्वारी दर्ता भएको हो । नेपाल कम्युनिष्ट पार्टी नेकपाको तर्फबाट दाङका जगतप्रसाद शर्मा, रुपन्देहीबाट गोपाल भटराई र कपिलवस्तुबाट विमला घिमिरेले उमेद्वारी दर्ता गराएका छन् ।
नेपाली काँग्रेसबाट दाङकी गिरिजादेवी न्यौपाने, अर्घाखाँचीका बालकृष्ण पाण्डे र बाँकेका मेराजअहमद हलवाईले उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए । त्यसैगरी, समाजवाादी पार्टीका तर्फबाट बाँकेबाट सुनिल सिंघल र बर्दियाका कृष्णप्रसाद यादवले उमेद्वारी दर्ता गराएका छन् ।

राष्ट्रिय जनमोर्चाका तर्फबाट कपिलवस्तुका शिव पौडेलले उमेद्वारी दर्ता गराएका छन । प्रदेश नम्बर ५ बाट राष्ट्रियसभा सदस्य रहेका रोल्पाका राजकुमार कुँवर, मिना बुढा र रुपन्देहीका दुर्गाप्रसाद उपाध्यायको २ वर्षे कार्यकाल सकिएपछि निर्वाचन हुन लागेको हो ।
निर्वाचनमा ८७ जना प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख २ सय १८ गरि ३ सय ५ जना मतदाता रहेको निर्वाचन कार्यालय जनाएको छ । हालै प्रदेश नम्बर ५ को मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीमा स्थापना गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण