फरार प्रतिवादी बाइस वर्षपछि पक्राउ
आइतबार, २० पुस २०७६, २० : १८
रुपन्देही । बाइस वर्षदेखि फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
सवारी ज्यान मुद्दामा रुपन्देही जिल्ला अदालतले फैसला सुनाएसँगै फरार रहेका स्याङ्जाको साविक दार्सिङ दहथुम गाविस हाल भीरकोट नगरपालिका वडा नं २ बस्ने ५९ वर्षीय टेकबहादुर गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता नवीनकृष्ण भण्डारीले बताए ।
उनका अनुसार अदालतले २०५४ साउन २२ गते एक वर्ष एघार महिना छ दिन कैद सजाय तोकेको थियो ।
पक्राउ प्रतिवादीलाई आज स्याङ्जा जिल्ला अदालतमा पेश गरी तोकिएको सजाय भुक्तानका लागि कारागार चलान गरिएको प्रवक्ता भण्डारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण