राप्रपाले तीन दिनसम्म पृथ्वीजयन्ती मनाउने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस यही पुस २६ देखि २८ गते तीन दिनसम्म उत्सवका रूपमा मनाउने भएको छ । पार्टीले देशभरका सबै जिल्ला कार्यसमितिले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदान एवं नेपालको एकीकरणको अभियानप्रति श्रद्धा, सम्मानलगायत अन्य विविध कार्यक्रम आयोजना गर्न निर्देशन दिएको छ । यही पुस २७ गते पार्टीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना तथा चियापान आयोजना गर्नेछ ।
सामाजिक जीवनका लब्धप्रतिष्ठित व्यक्ति तथा पार्टी सदस्यहरुको सहभागिताका लागि दश हजार निमन्त्रणा कार्ड वितरण गरिने पार्टीका नेता देवेन्द्र प्रधानले जानकारी दिए । सोही दिन पार्टीको कलासाहित्य विभागले कवि गोष्ठी, ट्रेड युनियन महासङ्घले रक्तदान कार्यक्रम गर्नेछ भने २८ गते सम्पूर्ण भ्रातृ सङ्गठनको संयुक्त आयोजनामा राष्ट्र निर्माणमा शाहको योगदानसम्बन्धी प्रवचन गोष्ठी आयोजना गर्ने जनाइएको छ ।
राष्ट्र निर्माता शाहको दूरदर्शिता र साहसिक नेतृत्वमा नेपाली जनताको साझा प्रयासबाट वर्तमान नेपालको निर्माण र एकीकरण सम्भव भएकाले हामीले आफूलाई नेपाली हौँ भन्ने पहिचान र गौरव प्राप्त गर्न पाएको हुँदा दिवस मनाउन लागिएको नेता प्रधानले बताए । पार्टीले यही पुस २७ गते सार्वजनिक बिदाको समेत माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण