किन आकाशियो सुनको मूल्य ?
काठमाडौँ । नेपाली बजारमा केही दिनयता सुनको मूल्य बढेर दैनिक नयाँ रेकर्ड बन्दै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार प्रतितोला फाइन गुणस्तरको सुनको मूल्य ७६ हजार रुपैयाँ तोकेको छ ।
यो मूल्य अहिलेसम्मकै उच्च हो । महासंघका अनुसार एक वर्ष यता सुनको मूल्य प्रति तोला १६ हजार २ सय रुपैयाँले बढेको छ ।
२०७५ पुष २२ गते सुनको मूल्य प्रतितोला ५९ हजार ८ सय रुपैयाँ रहेको थियो । त्यस यता २०७६ माघ ९ गते सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो । तर फेरि एकसाता याता सुुनको मूल्य बढ्ने क्रम सुरु भएको छ ।
सुनको मूल्य बढ्नुको मूख्य कारण अमेरिका र इरानबीचको युद्ध रहेको महसचिव बज्राचार्यले बताए ।
अमेरिका र इरानबीचद्ध युद्धको सम्भावना बढेपछि लगानीकर्ताले सुरक्षित लगानीको रुपमा सुनलाई लिएका छन् ।
त्यस्तै चीन र अमेरिका बीचको व्यापारका विषयमा गत डिसेम्बरमा भएको सम्झौता कार्यान्वयनमा आउन नसक्नुले पनि चिनियाँ लगानीकर्ताले सबैभन्दा बढी सुनमा लगानी बढाएका छन् ।
त्यसको असर विश्व सुन बजारमा परिरहेको छ । अर्कोतर्फ भारतीय अर्थतन्त्र कमजोर बन्दै गएको र भारतीय मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँको क्रयशक्ति पनि घटेको छ । यसबाट डलरको भाउ बढ्न गइ नेपालमा सुनको मूल्यमा वृद्धि भइरहेको छ ।
विश्व बजारमा सुनको माग अझै बढ्न सक्ने भएकाले फेरिपनि नयाँ रेकर्ड कायम हुन सक्ने सम्भावना रहेको बज्राचार्य बताउँछन् । उनका अनुसार मूल्य बढेसँगै बजारमा खरिद गर्ने भन्दा विक्री गर्न आउनेहरुको भीड लाग्ने गरेको छ । पुस महिनामा नेपाली बजारमा कारोबार न्यून हुने र त्यसमा पनि मूल्य बढेपछि देशैभर दैनिक १÷२ केजि मात्र कारोबार भएको उनको भनाइ छ ।
विश्वका ठुला मुलुकहरुबीच युद्ध हुँदा लगानीकर्ताले आफ्नो लगानीको सुरक्षाका लागि सुनमा लगानी बढाउँछन् । त्यसैले पनि अहिले सुनको माग अन्तर्राष्ट्रिय बजारमा बढ्दै गएको छ भने मूल्यमा पनि वृद्धि भएको छ ।
सोमबार वालस्ट्रेट मार्केटमा सुनको मूल्य प्रति आउन्स १ हजार ५ सय ७७ डलर पुगेको छ । एक महिना अघि प्रति आउन्स सुनको मूल्य १ हजार ४ सय ६५ डलर रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण