पेरुमा भएको बस दुर्घटनामा सोह्रको मृत्यु
मङ्गलबार, २२ पुस २०७६, १२ : ३९
पेरुमा भएको बस दुर्घटनामा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ ।
सोमबार भएको सो दुर्घटनामा परी अरु ४० जना घाइते भएका अधिकारीहरुले जनाएका छन् ।
पेरुको अरक्वीपा क्षेत्रमा पर्ने काराभेली सहरमा दुर्घटना भएको क्षेत्रीय स्वास्थ्य व्यवस्थापन कार्यालयका प्रमुख डेम्बर मोनोज लोजाडाले जानकारी दिए ।
स्थानीय समयानुसार राती १२ः४१ बजे दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् । लिमादेखि अरक्वीपातर्फ जादै गरेको बेला बस दुर्घटनामा परेको हो । दुर्घटनामा अन्य सवारी साधन पनि परेका थिए ।
प्रमुख लोजाडाका अनुसार दुई जना गम्भीर घाइते भएका र उनीहरुको स्थानीय नाजका अस्पतालमा उपचार भइरहेको छ । उनीहरुलाई उच्च सतर्कताका साथ उपचार गराइएको स्वास्थ्यकर्मीहरुले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण