बलिउडका यी ६ अभिनेताका सबै फिल्म हिट
वर्ष २०१९ मा बलिउडमा एकसे एक फिल्म रिलिजमा आए । ती मध्ये केही फिल्म बक्सअफिसमा राम्रो आम्दानी गरेर रेकर्ड राख्न सफल रहे । आज चर्चा ती अभिनेताको गर्न खोजिएको छ । जसको २०१९ मा रिलिज भएका शतप्रतिशत फिल्म हिट भएका छन् ।
अक्षय कुमार
अक्षयकुमारको २०१९मा ४ फिल्म रिलिज भएकोमा ४ वटै सफल भयो । वर्षको सुरुवातमा उनको फिल्म केसरी रिलिज भएको थियो । यसले १५३ करोडको ब्यवसाय गर्न सफल भयो । त्यसपछि आएको मिशन मंगल र हाउसफूल ४ पनि २०० करोडमा सामिल भयो । वर्षको अत्यमा रिलिज भएको अक्षयको गुड न्यूजले पनि अहिले पनि राम्रो व्यवसाय गरिरहेको छ ।
आयुष्मान खुराना
आयुष्मान खुराना बलिउडको नयाँ हिट मेसिन मानिन्छ । उनको गतबर्ष ३ फिल्म रिलिज भयो । ३ फिल्मनै हिट साबित भयो ।
कार्तिन आर्यन
कार्तिक आर्यनको पनि बलिउडमा गतबर्ष दुई फिल्म रिलिज भयो । लुकाछुपी र पति पत्नी और वो दुबै फिल्मले बक्सअफिसमा राम्रो आम्दानी गर्न सफल भयो ।
अजय देवगन
अजय देवगनको गत वर्ष ‘देदे प्यार दे’ र ‘टोटल धमाल’ रिलिज भयो । दुबै फिल्मले एकसय करोड बढी कमाउन सफल भयो ।
सलमान खान
सलमान खानका लागि बर्ष २०१९ निकै लक्की रह्यो । उनको फिल्म भारतले बक्सअफिसमा २०९ करोड बढी आम्दानी गर्यो भने अर्काे दबंग ३ ले पनि १४० करोड बढी कमाउन सफल भयो ।
ऋतिक रोशन
ऋति रोशनको यो बर्ष दुई फिल्म ‘सुपर ३०’ र ‘वार’ रिलिज भयो । सुपर ३० ले १४६ करोड र वारले ३०० करोड कमाउन सफल रह्यो । वार बर्षको सबैभन्दा बढी कमाउ फिल्म समेत बन्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
-
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण