चिनियाँ प्रहरीको ८ जनाको टोली नेपालमा, पक्राउ परेका १२२ चिनियाँलाई लगिँदै
काठमाडौँ । नेपालमा पक्राउ परेका १२२ चिनियाँ नागरिकलाई चीनले बुधबार फिर्ता लैजाँदैछ । जिल्ला अदालत काठमाडौँबाट १ हजार धरौटीमा रिहा भएका उनीहरुलाई यहाँको कानुनी प्रक्रिया पूरा भएपछि चीनले स्वदेश फिर्ता लैजान लागेको हो ।
उनीरुलाई लिन बुधबार २ वटा चाटर्ड प्लेन नेपाल आएको छ । प्लेनमा चिनियाँ सुरक्षाकर्मीको टोली पनि हुने बताइएको छ ।
यसो त ३ दिनअघि नै चिनियाँ प्रहरीको ८ जनाको टोली नेपाल आइसकेको प्रहरी स्रोतले जनाएको छ। ती प्रहरीले पक्राउ परेका चिनियाँ नागरिकबाट बरामद भएका सामानहरु त्रिभुवन विमानस्थलमा बुधबार बुझेका छन् । प्रहरीले बरामद भएका सामानहरु गाडीमा हालेर विमानस्थलमा पुर्याइ चिनियाँ टोलीलाई बुझाएको छ ।
यस्तै चिनियाँलाई भने केहीबेरमा विमानस्थल लगिने प्रहरीले जनाएको छ । चार्टर्ड विमानमार्फत उनीहरूलाई चीनमा लगेर थप अनुसन्धान गरिने बताइएको छ ।
पक्राउ परेकामध्ये ३१ जना चिनियाँसँग मात्र पासपोर्ट भेटिएको छ । उनीहरूको समेत पासपोर्ट रद्द गरी सबैको ट्राभल डकुमेन्ट काठमाडौंस्थित चिनियाँ दूतावासले जारी गरिसकेको छ । सोमबार ट्राभल डकुमेन्ट अध्यागमन विभागमा बुझाइसकेको छ ।
पक्राउ परेका चिनियाँलाई चीन लैजान सहयोग गरिदिन काठमाडौंस्थित चिनियाँ दूतावासले गृह मन्त्रालयलाई यसअघि नै पत्राचार गरेको थियो ।
नेपाल र चीनबीच सुपुर्दगी छैन, जसकारण उनीहरूलाई औपचारिक रूपमा नेपालले चीनलाई बुझाएको भने होइन । गत ७ पुसमा चिनियाँहरु राजधानीका विभिन्न स्थानबाट पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको मृत्युबारे यस्तो छ वीर अस्पतालको आधिकारिक विज्ञप्ति
-
सिंहदरबारभित्र एकीकृत ‘सिंहदरबार पुस्तकालय’ बनाउन प्रस्ताव
-
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
-
सरकार खुसी पार्न संयन्त्र केन्द्रित हुँदा नागरिक असुरक्षित : महर
-
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?
-
युक्रेन युद्ध थप चर्किने संकेत, युद्ध विस्तारको तयारीमा पुटिन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण