व्यसायीले दिए न्यानो कपडा
सिरहा । व्यवसायीहरुले सिरहाको गोलबजार नगरपालिका– २ का एक सय २० विपन्न, दलित तथा जेष्ठ नागरिकलाई जाडोबाट बच्न न्यानो कपडा (कम्वल) प्रदान गरेको छन् । चोहर्वास्थित श्री शेर गण, उद्योग वाणिज्य संघ गोलबजार र सिरहा जिल्ला सुनचाँदी व्यसायी संघ, गोलबजारले स्थानीयलाई न्यानो कपडा प्रदान गरेको हो ।
व्यसायीहरुले आफ्नो समाजसेवाको दायित्व बोध गरेर जाडोमा अप्ठेयारो भोगिरहेकाहरुलाई न्यानो कपडा सहयोग गरेको बताए । गोलबजार उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष महेश साहले सभ्य तथा समुन्नत समाज निमांर्णमा व्यवसायीहरुको पनि कर्तव्य रहेको भन्दै दायीत्व बोधलेनै यो सामाजिक कार्यगरेको बताए ।
संघका प्रवक्ता सोयव अनवरले समाजमा कोही खाएर मर्ने र कोही खान नपाएर मर्ने अवस्था रहेको भन्दै यहाँको व्यसायी सधै अप्ठेरोमा परेकाहरुको साथमा रहेको बताए ।
कम्वल वितरणकार्यक्रममा नेपाली सेनाका श्री शेर गणका प्रमुख जितेन्द्र कुमार गैनी, इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर जनक पुरी, सुनचाँदी व्यसायी संघका संदिप अग्रवालको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण