व्यसायीले दिए न्यानो कपडा
सिरहा । व्यवसायीहरुले सिरहाको गोलबजार नगरपालिका– २ का एक सय २० विपन्न, दलित तथा जेष्ठ नागरिकलाई जाडोबाट बच्न न्यानो कपडा (कम्वल) प्रदान गरेको छन् । चोहर्वास्थित श्री शेर गण, उद्योग वाणिज्य संघ गोलबजार र सिरहा जिल्ला सुनचाँदी व्यसायी संघ, गोलबजारले स्थानीयलाई न्यानो कपडा प्रदान गरेको हो ।
व्यसायीहरुले आफ्नो समाजसेवाको दायित्व बोध गरेर जाडोमा अप्ठेयारो भोगिरहेकाहरुलाई न्यानो कपडा सहयोग गरेको बताए । गोलबजार उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष महेश साहले सभ्य तथा समुन्नत समाज निमांर्णमा व्यवसायीहरुको पनि कर्तव्य रहेको भन्दै दायीत्व बोधलेनै यो सामाजिक कार्यगरेको बताए ।
संघका प्रवक्ता सोयव अनवरले समाजमा कोही खाएर मर्ने र कोही खान नपाएर मर्ने अवस्था रहेको भन्दै यहाँको व्यसायी सधै अप्ठेरोमा परेकाहरुको साथमा रहेको बताए ।
कम्वल वितरणकार्यक्रममा नेपाली सेनाका श्री शेर गणका प्रमुख जितेन्द्र कुमार गैनी, इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर जनक पुरी, सुनचाँदी व्यसायी संघका संदिप अग्रवालको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनाको ‘बङ्करदेखि ब्यारेक’ कार्यक्रम निरन्तर, प्रहरीको बढुवा अनुमानयोग्य बनाउने घोषणा
-
बेलायत पठाउँछु भनेर ४१ लाख ठगेको आरोपमा युवक पक्राउ
-
पत्रकारसँग मुख्यमन्त्री कँडेलको एक घण्टा : मसँग दन्ते कथा छैनन्
-
प्राइम सहकारीको रकम हिनामिना गरेको आरोपमा ८ जना पक्राउ
-
९० दिनभित्र नतिजा निकाल्न त्रिविका प्राध्यापक संगठनहरूकाे माग
-
हलिउडमा पुनरागमन गर्दै तब्बु