जे गर्दा पनि चाँया नगए प्रयोग गर्नुस् ‘नुन’

कपालमा चाँया पर्ने समस्याबाट धेरैजना पीडित हुने गर्छन् । अझ जाडो मौसममा चाँया पर्नु त सामान्य नै हुन्छ । टाउकोमा चाँया परेपछि अनुहार, घाँटी र कपडामा समेत देखिन थाल्छ । जसले गर्दा मानिसहरु निकै समस्यामा पर्ने गर्छन् ।
त्यसैले, चाँयाबाट छुटकारा पाउनको लागि मानिसहरु विभिन्न उपायहरु अपनाउने गर्छन् । तर उपचार गरेको केही दिनमा नै फेरि चाँया देखिने गर्छ । बजारमा पाइने थुप्रै औषधिहरुले चाँया हटाउने ग्यारेन्टी लिए पनि पटक पटक यो समस्या दोहोरिरहने भएकाले यसको समाधानको लागि के गर्ने छ भन्ने चिन्तामा केही घरेलु उपायहरु अपनाउन सकिन्छ ।
चाँयाबाट छुटकारा दिलाउने घरेलु उपायः
जुन स्याम्पुको नियमित प्रयोग गरिन्छ त्योसँगै अलिकति नुन मिसाएर टाउकोमा लगाउँनुपर्छ । नुन र स्याम्पुको प्रयोग गर्नुभन्दा अगाडि कपाल राम्रोसँग भिजाउँनुपर्छ । नुन र स्याम्पु लगाएको ५ देखि १० मिनेटसम्म राम्रासँग मसाज गरेर पखाल्नुपर्छ । यसले विस्तारै चाँया कम गर्दै लैजान्छ ।
बिरे नुन (कालो नुन) को प्रयोग गर्दा चाँया कम हुन्छ । जाडो र गर्मी दुवै मौसममा चाँयाको समस्या आउँछ भने कालो नुनको प्रयोग फाइदाजनक हुन्छ । कपाललाई हल्का मनतातो पानीमा पखाल्ने र कालो नुन हातमा लिएर कपालमा मसाज गर्ने त्यसपछि तौलियाले बेरेर पाँच मिनेट राखेपछि स्याम्पुले धुने । यो प्रक्रिया केही हप्तासम्म दोहोर्याएमा चाँया हराउँदै जान्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु
-
१० बजे, १० समाचार : भारत र पाकिस्तान युद्धविराम गर्न सहमत, दुर्गा प्रसाईंले गरे करोडौँ ऋण दुरुपयोग
-
नेताका छोराछोरी व्यवस्थापन गर्न ११ जना पदाधिकारी
-
दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु
-
दलहरूले जनताको जीवनस्तर उकास्नेतर्फ लाग्नुपर्छ : अध्यक्ष बिजुक्छे
-
वाईसीएलको काठमाडौँ महानगर अध्यक्षमा डा. शुभेच्छा श्रेष्ठ निर्वाचित