माओवादी एकीकरण हुन थालेपछि प्रतिकृयावादीको सातो गएको छ : प्रचण्ड
काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई कमजोर बनाउन खोज्नेहरुलाई असफल पार्ने दावी गरेका छन् ।
माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलनको बुधबार काठमाडौमा उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले प्रतिकृयावादीहरुले आफुलाई कमजोर बनाउने प्रयास गरेको भएपनि उनीहरुको प्रयास सफल नहुने बताए । उनले भने, ‘मैले शुरुदेखी नै बन्न खोजेको प्रचण्ड हो, बिचमा प्रचण्डबाट च्युत गराउन पनि प्रतिक्रियावादीहरुले खोजे । त्यतिबेला मेरा आफ्नै कमजोरीले पनि केही काम गरे ।’ भावुक मुद्रामा प्रचण्डले भने, ‘अब एक डेढ बर्षभित्र हेर्नुहोला, हाम्रो अर्को मोर्चामा भेट हुन्छ ।’
प्रचण्डले प्रचण्डलाई विगार्न त्यति सजिलो नभएको भन्दै प्रचण्ड सबैको आवाश्यक्ताको विषय भएको बताए । उनले भने ‘शहिदको,गरीवको,आदीबासी, जनजाति,महिला सवैको हो प्रचण्ड ।’
पहिला पहिला माओवादी भनेपछि प्रतिक्रियावादीहरुको सातो जाने गरेको पनि प्रचण्डले बताए । उनले भने –बीचमा हामीलाई गन्नै छाडे, माओवादी भनेपछि गन्दै नगन्ने भए । अहिले एकीकरण र ध्रुविकरणको प्रकृया शुरु हुन थालेपछि फेरि प्रतिक्रियावादीहरुको सातो जान थालेको छ,सातो जानू पर्छ ।’ मान्छे बुढो हुदैमा विचार कम नहुने भन्दै उनले माओ र लेनिनमा पनि बुढो भएपछि विचार खारीएको बताए ।
फरक प्रशंगमा प्रचण्डले मधेस केन्द्रीत दलका हजारौं नेता कार्यकर्ता चाडै माओवादी केन्द्रमा प्रवेश गर्ने शन्देश पनि सुनाए । उनले यसैका बलमा माओवादी दुई नम्बर प्रदेशमा एक नम्बरको शक्ति बन्ने दावी समेत गरे ।
आफुले १० महिनामा २५ बर्षसम्म अरुले गर्न नसकेको काम गरेको भन्दै प्रचण्डले पार्टीमा अहिले विचार र दस्तावेज औपचारिक मात्र भएको स्वीकारे । ‘विचार र कायदिशाको बहस हुदैन, पद प्रतिष्ठाको बहस हुन्छ ।’प्रचण्डको भनाई थियो ।
गणतन्त्र विरोधीले जित्दा संघीयता कमजोर हुने भन्दै उनले अहिले आफुहरु कमजोर भएको र गणतन्त्र विरोधी, धर्मनिरपेक्षता र आफ्नो टाउकोको मूल्य तोक्ने बलिया भएको बताए ।
उनले विद्यार्थीहरुलाई चुनाव लड्न सुझाव दिदै काँग्रेस एमालेलेको जस्तो चर्तिकला नगर्न सुझाव दिए । ‘चुनाव लड्नुस् तर भल्गर नहुनुस् । ठुला नेता विद्यार्थीको चुनावमा पक्ष–विपक्षमा लागे मलाई भन्नोस ।’ प्रचण्डले माओवादीले जितेमात्र राष्ट्रियता बलियो हुने भन्दै समग्रमा मओवादीको जित हुनेगरी काम गर्न विद्यार्थी नेताहरुलाई सुझाव पनि दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण