सिरहामा चरिकोटतर्फ गइरहेको बस दुर्घटना, ३२ यात्रु घाइते
सिरहा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजर नपा ४ मा गएराती भएको सडक दुर्घटनामा ३२ जना घाइते भएका छन् । दुर्घटनामा एकजनाको अवस्था गम्भीर रहेको छ ।
पूर्ववाट पश्चिमतर्फ गइरहेको ना.४ ख. ३४५३ नम्बरको ट्रकमा सोही दिशाबाट आइरहेको ना. ६ ख. ७७३६ नम्वरको यात्रुबहाक बस ठोक्किंदै पुन सडक किनारामा रहेको बरको चौतारोमा ठोक्किएर बस दुर्घटना भएको हो ।
काँकडभिट्टाबाट दोलखाको चरिकोटको लागि गइरहेको बसका चालक निदाएर ट्रकमा ठोक्किँदै बरको चौतारीमा ठोकिएपछि ३२ जना घाइते भएको इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर जनक पुरीले जानकारी दिए । बसमा ३५ यात्रु सवार रहेका थिए ।
गम्भिर घाइते बसका चालक झापा मेची नगरपालिका ६ का करिव ३४ वषीय राजु भुजेलको गोलबजारमा प्राथमिक उपचारपछि थप उपचारको लागि विराटनगर लगिएको जनाइएको छ । अन्य घाइतेहरुको गोलबजारस्थित विभिन्न स्वास्थ्य संस्थाहरुमा सामान्य उपचारपछि गन्तव्यतर्फ फर्किएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण