सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

भारतीय मालवाहक सवारी रोक लगाउन माग

आइतबार, २७ पुस २०७६, ०७ : ०५
आइतबार, २७ पुस २०७६

भारतीय नम्बरका मालवाहक सवारीलाई नेपाल प्र्रवेशमा रोक लगाउन ट्रक व्यवसायीले माग गरेका छन् । 

विराटनगर ट्रक व्यवसायी सङ्घको २९ औं अधिवेशन कार्यक्रमको अवसरमा शनिवार विराटनगरमा व्यवसायीले भारतीय मालवाहक सवारीलाई सीमा क्षेत्रबाट नेपाल प्रवेशमा रोक लगाउनुपर्ने माग गरेका हुन् । 

भारतबाट मालबस्तु लिएर भन्सार सीमा क्षेत्रसम्म आएका मालवाहक सवारी नेपालमा मनपरी ढङ्गले सञ्चालमा आउँदा नेपालीले रोजगारी खोसिएको भन्दै तत्काल रोक लगाउन माग गरिएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप