‘प्रेम गर्ने जन्तर’ लिएर सरुसा भेट्न पुगे नाजिर
काठमाडौं । अभिनेता नाजिर हुसेन चलचित्र अभिनयमा प्रवेश गरेको लगभग ५ वर्ष पुग्यो । नत उनको कुनै गसिप बन्ने गरेका छन् । न त उनी स्टारको सूचीमा नै पर्न सफल छन् । तर, अभिनयको व्यस्तता भने उनको स्टारको भन्दा बढी छ ।
सायद, त्यसैले होला चलचित्रमा मात्र होइन, अचेल नाजिरको म्युजिक भिडियोमा पनि माग बढ्दो छ । पछिल्लो समय सार्वजनिक भएका धेरै म्युजिक भिडियोमा पनि उनको अभिनय देख्न सकिन्छ ।
अहिलेसम्म पनि अविवाहित नाजिर अव भने प्रेम गर्ने जन्तरको खोजीमा लागेका छन् । उनले प्रेम गर्ने जन्तर रियलमा नभएर रिल लाइफमा खोजेका हुन् । उनले गाउँका पण्डित बाजेलाई प्रेम पार्ने जन्तर बाँधिदिन आग्रह गर्दै अभिनय गरेको ‘प्रेम गर्ने जन्तर’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
भिडियोमा नाजिरलाई मोडल सरुसा महर्जनले साथ दिएकी छन् । सरुसासँग नाजिरको जोडी परफेट देखिन्छ । किरण पहाडीको शब्द, दीपक महर्जनको स्वर रहेको गीतको भिडियोमा कोरियोग्राफी महेन्द्र निरौला र ब्रिहस्मन सुनुवारको छ । भिडियोको छायाँकन हरि घले लामाले गरेका हुन् । भिडियो रोशन श्रेष्ठले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण