गौशालाबाट पेस्तोलसहित २ जना पक्राउ
आइतबार, २७ पुस २०७६, १३ : २७
काठमाडौं । काठमाडौं महानगरपालिका-९ गौशाला पिंगलास्थानबाट १ थान घरेलु पेस्तोलसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पिंगलास्थान बस्ने धनुषा गणेसमान सारनाथ नगरपालिका-७ घर भएका २४ वर्षीय धर्मेन्द्र पासवान र सिरहा बिष्णुपुर गाउँपालिका-६ घर भएका ४१ वर्षीय दिनेश कुमार झा रहेका छन् ।
महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले बा.१५ च ७५३६ नम्बरको कार जाँच गर्ने क्रममा सिटमुनी लुकाईछिपाई राखेको उक्त पेस्तोल फेला पारी कारमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण