राजधानीका विभिन्न स्थानबाट २० जुवाडे पक्राउ
काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट २० जना पक्राउ परेका छन् । काठमाडौंको नागर्जुन नगरपालिका-४ बाफलबस्ने ३५ वर्षीय सुर्यमान श्रेष्ठको सुमन गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ लगायत ६ जनालाई नगद ७४ हजार ८ सय ५० रुपैयाँ र १ बुक तास सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यसैगरी, चन्द्रागिरी नगरपालिका-३ थानकोटस्थित टहरोमा जुवातास खेलिरहेको अवस्थामा सोही स्थान बस्ने ३० वर्षीय हरि श्रेष्ठ लगायत ७ जनालाई नगद ३१ हजार ५ सय ३५ रुपैयाँ र ३ बुक ताससहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यसैगरी, चन्द्रागिरी नगरपालिका-६ महादेवस्थान बस्ने ५० वर्षीय दल कुमार एडीको घरमा जुवातास खेलिरहेको अवस्थामा एडी लगायत ७ जनालाई नगद ७० हजार रुपैयाँ र ४ बुक तास सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण