माछापुच्छ्रे किसान कार्ड सेवा सञ्चालन, साना किसानलाई राहत
काठमाडौं– माछापुच्छ्रे बैंकले साना किसानहरुको कृषि ब्यवसायमा आवश्यक पर्ने चालु पुँजी खर्च परिपुर्ति गर्ने उद्देश्य अनुरुप माछापुच्छ्रे किसान कार्ड सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकले यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्राम र हेफर ईन्टरनेशनल नेपालसँगको सहकार्यमा विभिन्न १४ जिल्लाका किसानलाई प्रदान गर्ने गरि सञ्चालनमा ल्याएको उक्त किसान कार्ड अन्र्तगत किसानहरुले चार लाख सम्मको कृषि कर्जा किसान कार्ड मार्पmत प्राप्त गर्नेछन् ।
पहिलो चरणमा हेफर ईन्टरनेशनल नेपालसँग आबद्घ बाँके जिल्लाको खजुरा गा.पा.मा अवस्थित श्री साझा फुलबारी उद्यमी महिला सहकारीका कृषकहरुलाई उक्त कार्ड प्रदान गरि सेवाको सुरुवात गरिएको छ ।
सो कृषि कर्जाको आवेदन तथा स्विकृति प्रकिृया बैंकले के्रडिट स्कोरिङ मोडेलबाट सरल तरिकाले गर्नेछ । उक्त किसान कार्डमार्फत कृषकहरुले माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्नो कार्डमा उपलब्ध सिमा भित्र रहने गरी कारोबार गर्न सक्नेछन् ।
बैंकले देशका विभिन्न ग्रामिण क्षेत्रमा रहेका साना किसानहरुलाई व्यवसायमा सहयोेग गरि आय आर्जनमा बढावा दिने तथा स्वरोजगारीको अवसर सृजनाका लागि उक्त किसान कार्ड सुविधा ल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
-
ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियान सुरु
-
कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण