सनराइज रिकरिङ्ग खाता, जम्मा रकमको ९० प्रतिशतसम्म कर्जा लिन पाइन
काठमाडौं–सर्वसाधारणलाई विभिन्न सेवा र सुविधा दिदैं आएको सनराइज बैंकले सर्वसाधारणमा बचत गर्ने बानीको विकास गराउने उदेश्यका साथ सनराइज रिकरिङ्ग खाता संचालनमा ल्याएको छ ।
उक्त खातामा बचत खातामा जसरी रकम जम्मा गर्दै जान सकिनेछ भने व्याज मुद्घति खाता सरह पाइनेछ । आवश्यकता अनुसार १ देखि ५ वर्षका लागी बचत गर्न सकिने उक्त योजनामा दैनिक, साप्ताहिक वा मासिक रुपमा रकम जम्मा गदै जान सकिनेछ ।
खाता खोल्दा न्युनतम बचत रु. १००० र त्यस पछि एक पटकमा न्युनतम रु. ५०० वा ५०० को गुणाका दरले जम्मा गर्दै जान सकिनेछ । सजिलो र सुरक्षित हिसाबले बचत खाताको पैसा नियमित रुपमा मुद्घति खातामा जम्मा हुदैं जाने र मोवाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्गबाट पनि सजिलै पैसा जम्मा गर्न सकिने बैंकले जनाएको छ ।
उक्त खातामा पूर्व निर्धारित भन्दा बढी रकम ग्राहकको अनुकुलता अनुुसार पटक पटक गरि जम्मा गर्न सकिनेछ । यस खाताको अर्को आकर्षण भनेको त्रैमासिक रुपमा प्राप्त हुने व्याज व्यक्तिगत मुद्घति खाता सरहको उच्च व्याज पाउनु हो । साथै आवश्यक पर्दा उक्त खातामा जम्मा भएको रकमको ९० प्रतिशतसम्म कर्जा लिन पाइने व्यवस्था छ ।
यस खातामा फ्लोटिङ्ग व्याजदर लागु गरिएको छ जसले गर्दा बजारको उतार चढाव अनुसारको व्याज दर निर्धारण गर्न मदत पुग्दछ । उतार चढाव हुदाँ पनि व्याज प्राप्त हुनेछ ।
हाल बैंकले मुद्घति खातामा ९.२५% मा थप ०.५ % व्याज प्रदान गर्दै आएको छ । यो योजना दैनिक, साप्ताहिक र मासिक हिसाबले बचत गर्ने सोच भएमा व्यक्तिहरुलाई अति उपयुक्त रहने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण