माघीलाई राष्ट्रिय पर्वको रुपमा मनाउँदै सार्वजनिक बिदा दिन माग
काठमाडौं । थारु समुदायले माघ १ गतेलाई राष्ट्रिय पर्वको रुपमा मनाउँदै सार्वजनिक विदा दिन नेपाल सरकारसँग माग गरेको छ । आइतबार थारु कल्याणकारिणी सभाले राजधानीमा पत्रकार सम्मेलन गरी माघ १ गतेलाई राष्ट्रिय पर्वको रुपमा मनाउन र सार्वजनिक विदा दिन माग गरेको हो ।
काठमाडाको टुँडीखेलमा २०५९ सालदेखि माघीलाई नियमित मनाउँदै आएकोमा यस वर्ष पुस २९ र माघ १ गते तराई आदिवासी थारु समुदायले नयाँ वर्षको रुपमा माघी मनाउन लागेको मूल आयोजक समितिका उपसंयोजक कनुलाल चौधरीले जानकारी दिए ।
यस्तै थारु कल्याण कारिणी सभाका महामन्त्री मिनराज चौधरीले थारुहरुको आवाज सरकारले सुन्दै नसुनेकाले थारुको आवाज सुनाउन माघीमार्फत आन्दोलनको रुपमा मनाउनु पर्नेमा जोड दिए ।
यस्तै थारु विद्यार्थी समाजका अध्यक्ष एवं माघी महोत्सवका उप–संयोजक चन्द्र प्रसाद चौधरीले यसपटक माघी पर्वका लागि १५० वटा स्टलहरुको व्यवस्थापन गरिएको जानकारी दिए ।
कार्यक्रममा थारु कल्याणकारीणि उपत्यका समितिका सभापति सुमन चौधरी, थारु महिला समाजकी सचिव अनिता चौधरी, थारु महिला सभाकी अध्यक्ष नीलम चौधरीलगायतले उक्त माघी पर्वको महत्वबारे प्रकाश पारेका थिए । उनीहरुले पनि उक्त पर्वको दिन राष्ट्रिय विदा दिन माग गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण