वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र शोषणरहित बनाउन समझदारी पत्रमा हस्ताक्षर
काठमाडौं । केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजका निर्देशक प्रहरी नायव महानिरीक्षक निरज बहादुर शाही र वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीम कुमार भुसालबीच वैदेशिक रोजगारको नाममा हुनसक्ने पेशालाई थप व्यवस्थित, मर्यादित र शोषणरहित बनाउन ६ बुँदे उद्देश्य र १३ बुँदे सहकार्य समझारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
गृह मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा वैदेशिक रोजगारीलाई थप वयवस्थित, मर्यादित र शोषण रहित बनाउन तथा वैदेशिक रोजगारको नाममा हुने सक्ने मानव बेचबिखन तथा ओसारपसार गर्ने कार्यलाई नियन्त्रण गर्ने त्यस्तो कार्यबाट पीडित व्यक्तिको संरक्षण तथा पुनर्स्थापना गर्न नेपाल सरकार श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग र नेपाल सरकार गृह मन्त्रालय र नेपाल प्रहरीबीच उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
यस समझदारीबाट गैर कानूनी क्रियाकलाप नियन्त्रण गर्न पारस्परिक समन्वय गर्नु पर्ने उल्लेख छ । सो अवसरमा गृहसचिव प्रेम कुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको पनि उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण पदमार्गमा बृहत् सरसफाइ
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण