भन्सार छली ल्याएका विभिन्न कम्पनीका ७५ थान मोबाईल बरामद
आइतबार, २७ पुस २०७६, १८ : ०८
महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले भन्सार छली ल्याएका विभिन्न कम्पनीका ७५ थान मोबाईल बरामद गरेको छ ।
नागढुंगा चेक प्वाइन्टमा बीरगन्जबाट काठमाण्डौ आउदै गरेको ना.६ ख १५३४ नम्बरको यात्रु बाहक बसलाई चेकजांच गर्ने क्रममा बसमा सिटमुनि लुकाई ल्याएको अवस्थामा आइफोन मोबाईल ११ थान २, ओप्पो लेखिएको मोबाईल बिभिन्न मोडलको थान २२, भिभो लेखिएको मोबाईल थान ३६ , रेडिम लेखिएको बिभिन्न मोडलको मोबाईल थान १३ र सामसुङ लेखिएको मोबाईल थान २ समेत गरी जम्मा थान ७५, मोबाईलहरु बिल भर्पाई नभएको अवस्थामा बरामद गरीएको प्रहरीको भनाइ छ । ती मोबाइल आवश्यक अनुसन्धान लागि भन्सार कार्यालय सानो गौचरण पठाईएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण