पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउँदै सार्वजनिक विदा दिनुपर्ने माग
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको आदर्श राष्ट्रिय एकताको मूलमन्त्र हो भन्ने मान्यता मन, वचन र कर्मले आत्मसात गर्नुपर्ने बताएको छ ।
राप्रपा (संयुक्त) ले पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउदै सार्वजनिक विदा दिनुपर्ने माग समेत सरकारसँग गरेको छ ।
‘गोरखा जस्तो सानो देशबाट आरम्भ भएको एकीकरणको अभियान सानो दुखले सम्पन्न भएको होइन । पृथ्वीनारायण शाह नभएको भए हामी नेपाली भएर गर्वसाथ बाँच्न पाउने थिएनौं । यसकारण पृथ्वीनारायण शाहको योगदानलाई हामी सबैले कदर गर्नुपर्दछ । सरकारले पनि राष्ट्र निर्माताको सम्मानमा कुनै कन्जुस्याई गर्नु हुन्न,’ राप्रपा (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले २९८ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पृथ्वी नारायण शाहको सिंहदरबारस्थित सालिकमा आइतबार माल्यार्पण गरेपछि भने ।
सोही अवसरमा संचाकर्मीहरुसँग कुराकानी गर्दै राप्रपा (संयुक्त) का अध्यक्ष प्रकाशचन्द्र लोहनीले भने, ‘राष्ट्रियता, राष्ट्रिय एकता र सुशासनका बारेमा पृथ्वीनारायण शाहका विचार र वाणीहरु आज झनै सान्दर्भिक बनेको छ । घुस लिने र दिने दुबै अपराधी हुन् भन्ने मान्यता मात्र हामीले राष्ट्रिय जीवनमा अनुसरण गर्न सके अहिलेको लुटतन्त्र नियन्त्रण हुने थियो, नेपालमा विकास र समृद्धि प्राप्त हुने थियो ।’
राप्रपा (संयुक्त) ले भद्रकालीबाट बाजागाजा सहितको जलुस गर्दै पृथ्वीनारायण शाहको सालिकमा पुगी माल्यार्पण गरेको थियो ।
सो पार्टीले नेपाल र नेपालीको एकमात्र दुरदर्शी एकताका सुत्रधार पृथ्वीनारायण शाह भएको भन्दै राष्ट्रिय एकताको रथ भनेको नै ‘पृथ्वी पथ’ भन्ने मूलमन्त्र अघि सारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण