फिलिपिन्समा ज्वालामुखी बिस्फोटः ठूलै खतराको संकेत दिँदै तीन शहर खाली गर्न निर्देशन
सोमबार, २८ पुस २०७६, १० : ०७
फिलिपिन्सको राजधानी नजिकै आइतबार ज्वालामुखी बिस्फोट भएको छ । अर्को पनि खतरनाक बिस्फोट हुने आशंका जताउँदै विशेषज्ञले उक्त स्थान वरिपरिका बासिन्दालाई सुरक्षित स्थानमा जान भनेको छ ।
राजधानी मनिलाको ६० किलोमिटर दक्षिणतर्फ रहेको लुजन द्वीपमा अवस्थित ताल ज्वालामुखी स्थानीय समयानुसार आइतबार अपरान्ह बिस्फोट भएको हो ।
सिएनएन फिलिपिन्सका अनुसार अधिकारीले तीनवटा शहर खाली गर्न निर्देशन दिएका छन् ।
मनिला अन्तर्राष्ट्रिय विमानस्थल प्राधिकरणले आगमन र प्रस्थान दुबै सेवा बन्द गरेको छ ।
फिलिपिन्स इन्स्टिच्युट अफ भोल्क्यानोलोजी र सिस्मोलोजीले ज्वालामुखीका लाभा क्रेटरभन्दा १० देखि १४ किलोमिटर माथि निस्किएका छन् ।
एजेन्सीले केही घण्टा वा दिनमभित्र खतरनाक बिस्फोट हुने अनुमान पनि गरेको छ ।
सरकारी समाचार एजेन्सीले हल्का भूकम्प पनि मापन गरिएको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण