राष्ट्रिय वाणिज्य बैंकद्धारा माइती नेपाललाई न्यानो कपडा तथा विभिन्न सामग्रीहरु वितरण
काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत माइती नेपाललाई न्यानो कपडा तथा विभिन्न सामग्रीहरु वितरण गरेको छ ।
बैंकको शाखा कार्यालय बौद्ध, गौशाला र मैतिदेवीले संयुक्त रुपमा आयोजना गरेको गौशालास्थित माइती नेपालको संरक्षणमा रहेका महिला तथा वालबालिकाहरुको लागि न्यानो कपडा, गलैंचा र आवश्यक विभिन्न सामग्रीहरुको सोमबार एक कार्याक्रम बिच वितरण गरिएको हो ।
सो कार्यक्रममा माइती नेपालकी संरक्षक अनुराधा कोइराला, माइती नेपालका अध्यक्ष विश्वराम खड्का, बैंकका ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख सरोज बस्नेत, शाखा कार्यालय गौशालाका प्रबन्धक बेदप्रसाद खनाल, शाखा कार्यालय मैतिदेवीका प्रबन्धक कपिल कार्की र शाखा कार्यालय बौद्धका प्रबन्धक सुरेश सापकोटा लगायत माइती नेपालका संरक्षणमा रहेका महिला तथा वालबालिकाहरुको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा माइती नेपालकी संरक्षक अनुराधा कोइरालाले बैंकले गरेको सहयोगको लागि धन्यवाद दिदै यस्ता सहयोगी कार्यहरुको संधै स्मरण गरिने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण