भारतको बिस्तारवाबिरुद्ध नेविसंंघले निरन्तर अभियान सञ्चालन गर्छ : कुन्दनराज काफ्ले
अतरिया । प्रमुख प्रतील पक्षी दल नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)द्वारा सचालित ‘चिनौ सिमाना , जोगाऔ माटो’ अभियान अन्तर्गत कैलालीको अतरियामा नेपालको वास्तविक नक्शा कोर्ने कार्यक्रम भएको छ ।
नेपालको भूमि लिपियाधुर, लिपुलेक र कालापानी भारतले आप्नो राजनीतिक नक्सामा राखेपछि नेविसंघले काठमाडांैको बसन्तपुरबाट सुरु गरेको अभियान सातवटै प्रदेशमा समेत पर्याएको छ ।
सोही अनुसार सोमबार सुदूरपश्चिम प्रदेशस्थित कैलालीको अतरियामा विद्यार्थी नेपालको वास्तविक नक्सा कोर्न सिकाइएको हो । उक्त कार्यक्रममा नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले सातवटै प्रदेशका विद्यार्थीले कोरेको नेपालको वास्तविक नक्सा राष्ट्रपतिलाई बुझाउने बताए । साथै उनले नेपालको भूमि भारतले फिर्ता नगरे यस विषयलाई सयुक्त राष्ट्र संघमा पुर्याउनेमा जोड दिए ।
काफ्लेले भने, ‘नेपालमा विभिन्न पटकभएको जनगणना, सर्बेक्षणले पनि लिपियाधुर, लिपुलेक र कालापानी नेपालको हो । त्यसैले यो मिचिएको भुमी फिर्ता नहुँदासम्म यो अभियान निरन्तर रहनेछ । नेविसंघले भारतको बिस्तारबाद र दादागिरिबिरुद्ध निरन्तर अभियान सञ्चालन गरि रहने छ ।’
कार्यक्रममा नेविसंघ केन्द्रीय सदस्य नुप बहादुर सुनारले भारतले कैलाली कञ्चनपुरमा दिन दिनै सीमा अतिक्रम भइरहेको बताए । उक्त कार्यक्रममा नेविसंघका क्षेत्रीय सभापती गणेश शाह ,पदम ओझा दुर्गा कापडी दिपक ओझाले आफ्नो मन्तब्य राखेका थिए ।
कार्यक्रममा अतरिया चोकामा बिभिन्न स्थानबाट आएका विद्यार्थीले मिचिएको सिमाना फिर्ता गर, भारतीय बिस्तारबाद मुर्दावाद लगायतका नारा लगाएका थिए । कार्यक्रममा सहभागी विद्यार्थीलाई नेपालको वास्तविक नक्सा कोर्न लागाई आयोजकले वास्तविक नक्सा समेत सार्बजनिक गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण