श्री एयरलाइन्सले माघ १ गतेदेखि जनकपुर उडान गर्ने
सोमबार, २८ पुस २०७६, २२ : ०७
काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले माघ १ गतेदेखि जनकपुरमा नियमित उडान शुरु गर्ने भएको छ । श्रीले केही महिनाअघि भित्र्याएको नयाँ टर्बोप्रोप क्यु–४०० जहाजमार्फत जनकपुर उडान गर्न लागको कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिए ।
उक्त गन्तव्य उडान भर्नका लागि श्रीएयरलाइन्सले गत मङ्सिर १५ गते जनकपुर र सिमरामा परीक्षण उडान गरेको थियो । श्रीले अहिले भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढीमा उडान भर्दै आएको छ । कम्पनीले निकट समयभित्रै सिमरा र पोखरामा पनि उडान भर्ने तयारी गरेको छ । श्री एयरलाइन्ससँग सिआरजे २०० र दुई सिआरजे ७०० गरी पाँच जहाज छन् । एयरलाइन्सले सन् २०१७ देखि फिक्स्ड विङबाट नियमित उडान शुरु गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण