स्ववियु निर्वाचनमा होमिने अनेरास्ववियूको निर्णय
काठमाडौं । आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनमा सम्पूर्ण रुपले होमिने निर्णय गर्दै सत्तारूढ नेकपा निकट अनेरास्ववियूको केन्द्रीय कमिटीको दुई दिने वैठक सकिएको छ।
आइतबार राष्ट्रिय सभागृहमा उद्घाटन भएको बैठक सोमवार त्रिभुवन विश्वविद्यालय स्थित स्मृति भवनमा समापन भएको हो। पूर्व एमाले निकट अनेरास्ववियु र पूर्व माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) को एकतापछि बनेको अनेरास्ववियूको पहिलो बैठक काठमाडौंमा बसेको हो । केन्द्रीय कमिटीमा पूर्व अनेरास्ववियुवाट १८० जना र पूर्व क्रान्तिकारीबाट १५५ जना समावेश भएका छन्। बैठकले एक महिनाभित्र प्रदेश, जिल्ला र क्याम्पस तहको एकता सम्पन्न गर्ने निर्णय गरेको छ।
आजको वैठकमा संयोजक ऐन महरद्वारा प्रस्तुत ३६ पृष्ठको राजनीतिक तथा शैक्षिक प्रतिवेदन र सहसंयोजक रञ्जित तामाङद्वारा प्रस्तुत विधान मस्यौदा सर्वसम्मतिले पारित भएको छ। संयोजक महरद्वारा प्रस्तुत प्रतिवेदनमा आगामी फागुन १४ गतेको स्ववियु निर्वाचनमा संगठन सम्पुर्ण रुपले होमिने उल्लेख छ।
नयाँ विधानअनुसार अब अनेरास्ववियूको केन्द्रीय कमिटी ३३५ सदस्यीय, सचिवालय १११ सदस्यीय , स्थायी समिति ४५ सदस्यीय र ९ देखि १५ जना सम्मको केन्द्रीय कार्यालय (हाइकमाण्ड) रहने अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण