सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

ज्योती विकास बैंकको वार्षिक मुनाफा ५४ प्रतिशतले बढ्यो

मङ्गलबार, २९ पुस २०७६, १३ : ४८
मङ्गलबार, २९ पुस २०७६

काठमाडौं । ज्योती विकास बैंकले गत आर्थिक वर्षमा खुद नाफा ५४ प्रतिशतले बृद्धि गरेको छ । बैंकको गत आर्थिक वर्षमा खुद नाफा ५४ प्रतिशतले बृद्धि भएर ५३ करोड १३ लाख ४२ पुगेको हो । 

अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा ३४ करोड ३१ लाख १५ हजार रहेको थियो । बैंकको मंगलबार भएको १२ औं वार्षिक साधारणसभाले निक्षेप संकलन पनि बृद्धि भएको जनाएको छ । 

गत आर्थिक वर्षको तुलनामा निक्षेप संकलन ५० प्रतिशतले बृद्धि भइ २१ अर्ब २३ करोड ८९ लाख पुगेको छ । गत आर्थिक वर्षमा बैंकका कुल कर्जा २३ अर्ब ११ करोड २५ लाख पुगेको छ, भने बैंकले खुद ब्याज आम्दानी १ अर्ब २९ करोड ४३ लाख गरेको छ । बैंकको मंगलबार बसेको साधारणसभाले आफ्ना सेयरधनीलाई १२ दशमलव ७५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । 

बैंकले हाल १ सय २ वटा शाखा कार्यालय, एक एक्सटेन्सन काउण्टर तथा ४५ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप