युनाइटेड फाइनान्स एजीएमः ७.५२% नगद लाभांश र ३ प्रतिशत बोनस शेयर वितरण गर्ने
काठमाडौं– युनाइटेड फाइनान्स लिमिटेडको २५औं बार्षिक साधारण सभा पुस २९ गते कम्पनिका अध्यक्ष वसन्त कुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको छ ।
अध्यक्ष चौधरीले प्रस्तुत गरेको कम्पनीको आ.व.२०७५/७६ को बार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण साधारण सभाबाट पारित भएको छ ।
उक्त साधारण सभाले कम्पनीको आ.व.२०७५/७६ को बार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारीत गर्नुका साथै गत आ.व. को मुनाफाबाट शेयरधनिहरुलाई ७.५२% नगद लाभाशं तथा ३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव स्विकृत गरेको छ ।
सोहि साधारण सभाबाट आगामी कार्यकालका लागि सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने रिक्त ५ सञ्चालक पदमा वसन्त कुमार चौधरी, राहुल ईन्फ्रास्ट्रक्चर (प्रतिनिधि रोशन अधिकारी), एम.ए. डव्लु इन्टरप्राइजेज (प्रतिनिधि विष्णु कुमार अग्रवाल), वेनी गोपाल मुन्दडा, तथा मनिष कुमार खेमकालाई आगामी ४ वर्षको लागि निर्विरोध निर्वाचित पनि भएका छन् ।
गत आ.व. मा कम्पनीले रु. ६ अर्ब ५५ करोड निक्षेप संकलन गरि सो अवधिमा विभिन्न क्षेत्रमा रु. ६ अर्ब १४ करोड कर्जा लगानी गरी संचालन मुनाफा रु. १८ करोड ०५ लाख र खुद मुनाफा रु. ९ करोड ९९ लाख आर्जन गरेको छ । त्यस्तै फाइनान्सले खराब कर्जा ०.५७ प्रतिशत कायम राख्न सफल भएको छ ।
कम्पनीले आफ्ना २३ वटा शाखा कार्यालयबाट बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । हालै मात्र कम्पनीमा भारतको प्रतिष्ठित मुत्तुट फाइनेन्स रणनीतिक साझेदारका रुपमा भित्रिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण