काँग्रेसमा ‘अर्जुन’को भूमिका निभाउने कोही भएन : सिटौला
काठमाडौँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारपक्षबाटै लोकतन्त्र खतरामा परेको बताएका छन् ।
मंगलबार काठमाडौँमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले लोकतन्त्रमाथि खतरा बढेपनि प्रतिपक्ष दल काँग्रेस प्रतिवादमा उत्रन नसकेको बताएका छन् ।
सिटौलाले स्वतन्त्र संवैधानिक निकायहरु अदालत,संसद अख्तियारलाई समेत सरकारले प्रभावित पारेको भन्दै ती संस्थाहरुको काम कारवाहीमा सरकारको प्रत्यक्ष प्रभाव परेको देख्न सकिने बताए ।
उनले काँग्रेसको मौनता पनि लोकतन्त्रको चुनौतीका रुपमा रहेको बताए ।
‘यस्तो अवस्थामा लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी प्रमुख प्रतिपक्षको हो । तर काँग्रेस पनि मौनता साँधेर बसेको छ । यो अर्को चुनौती हो’, नेता सिटौलाको भनाइ छ । उनले महाभारतको कथा सुनाउदै भने, ‘काँग्रेस पार्टीमा अर्जुनको भूमिका निर्वाह गर्ने कोही नेता भेटिएन ।’
महाभारतमा कृष्णले अर्जुनलाई साथ लिएर कौरवलाई पराजय गरेको स्मरण गराउँदै उनले काँग्रेसमा आफूले त्यस्तो अर्जुन भेट्न नसकेको बताए ।
‘मैले अर्जुनका रुपमा अघि सारेर जाने अवस्था आएन । त्यसैले अहिले जे छ त्यही ढंगले आफू अघि बढ्ने उनले बताए । ‘देउवा वा पौडेल दुवै अर्जुन बन्न सक्दैनन, सिटौलाको भनाइ छ ।
उनले पार्टीभित्रको आन्तरिक समस्या समाधान गर्न गत आइतबार सभापति शेरबहादुर देउवा निवासमा आफू र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको छलफलमा पार्टीलाई एकताबद्ध बनाएर लैजानेबारे कुराकानी भएपनि ठोस निष्कर्षमा पुगिनसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण