प्रहरी सेवा प्रवाहको पहिलो कडी मिठो बोली बचनः डीआईजी पोखरेल
काठमाडौँ । महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलले संगठनको गरिमा प्रहरी कर्मचारीको छबिमा जोडिएको भन्दै संगठनलाई आँच आउने कुनै पनि अमर्यादित वा अवान्छित क्रियाकलाप नगर्न आग्रह गरेका छन्।
महानगरीय प्रहरी परिसर भक्तपुरको निरीक्षण तथा निर्देशन गर्दै डीआईजी पोखरेलले यस्तो आग्रह गरेका हुन् । उनले प्रहरी सेवा प्रवाहको पहिलो कडी भनेको मिठो बोली बचन, शिष्ट नम्र व्यवहार भएको भन्दै कानून कार्यान्वयनमा निर्दयिता अपनाई अपराध गर्नेलाई विना हिच्चकिचहावट हदैसम्मको कारवाही गर्न निर्देशन दिए ।
डिउटीमा खटिएको कुनै पनि कर्मचारीले आफ्नो डिउटी ईमान्दारीता पूर्वक निभाएको छ भने उसको मनोबल गिर्ने गरी कोहि कसैले कार्य गरेमा त्यस्तालाई कारवाही गर्ने पनि डीआईजी पोखरेलले चेतावनी समेत दिए ।
संगठनको १ जनाको गल्तीले संगठनकै शिर झुक्ने भन्दै उनले कुनै पनि लोभलालच त्यागी मर्यादित भएर फिल्डमा खटिन समेत निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण