सनराइज बैंकले ल्यायो तीन हजार पाँच सयसम्मको क्यास ब्याक योजना

काठमाडौं– डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्ने उद्देश्यले सनराइज बैंकले क्यास ब्याक योजना ल्याएको छ ।
माघ १ गतेदेखि तीन महिनासम्म संचालन गरिने यस योजना अन्तरगत सनराइज बैंकका डेबिट/क्रेडिट कार्ड सेवा लिएका तर हालसम्म पनि पोइन्ट अफ सेल (पीओएस) टर्मिनल वा ई–कमर्स मा कार्ड प्रयोग नगरेका ग्राहकहरुले पीओएस टर्मिनलमा कारोबार गर्दा रु.२५० क्यास ब्याक र ई–कर्मशमा कारोबारमा रु २५० क्यास व्याक प्राप्त गर्न सक्नेछन् ।
यस योजना अन्तर्गत क्यास ब्याक प्राप्त गर्नको लागी डेबिट/क्रेडिट कार्ड मार्फत महिनामा कम्तीमा दुई पटक न्यूनतम रु ५०० वा सोभन्दा बढीको कारोबार गर्नुपर्नेछ ।
साथै, कुनै पनि ग्राहकले डेबिट/क्रेडिट कार्ड मार्फत एकै पटक वा पटक पटक गरी एक महिनामा रु. १५,००० वा सो भन्दा बढिको खरिद कारोबार गरेमा रु. १,००० क्यास व्याक प्राप्त गर्न सक्नेछन् । यस योजनामा एकजना कार्डहोल्डरले उल्लेखित योजना मुताबिक अधिकतम रु.३,५०० सम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।
सनराइजले आफ्ना ग्राहकहरुको सुविधा तथा सहजतालाई मध्यनजर गर्दै विभिन्न छुट तथा अफरहरु दिदै आएको छ । यस क्यास ब्याक अफरले ग्राहकहरुलाई नगद भुक्तानीबाट डिजिटल भुक्तानीमा जान आकर्षित गर्ने र उक्त भुक्तानीमा पाइने क्यास व्याकले अभैm बढी कारोबार गर्न मदत गर्ने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह
-
१० बजे, १० समाचार : तीन दलको बार्गेनिङदेखि एनआरएनएको एकता महाधिवेशनसम्म