पाकिस्तान र अफगानिस्तानमा व्यापक हिमवर्षा: कम्तीमा १३० जनाको मृत्यु
एजेन्सी । पाकिस्तान र अफगानिस्तानमा व्यापक हिमपात भएको र यसका कारण कम्तीमा १३० जनाको मृत्यु भएको दुबै देशका अधिकारीले पुष्टि गरेका छन् ।
पाकिस्तानमा विगत केही दिनमा हिमपातका कारण ९० जनाभन्दा बढीको पाकिस्तानमा मृत्यु भएको छ भने ७६ जना घाइते भएका छन् । मृत्यु हुनेमा अधिकांशको हिम पहिरोमा परी मृत्यु भएको पाकिस्तानी सञ्चारमाध्यमले विपत् व्यवस्थापन अधिकारीलाई उद्धृत गर्दै समाचार प्रकाशन गरेका छन् ।
“पाकिस्तान प्रशासित कश्मीर क्षेत्रमा मात्रै हिमपातका कारण कम्तिमा ६० जनाको मृत्यु भएको छ भने १० जना हराइरहेका छन्,” प्राकृतिक प्रकोप व्यवस्थापन अधिकारीले एक विज्ञप्ति जारी गरी बताएका छन् । “हिमपातका कारण नीलम उपत्यका सबभन्दा धेरै प्रभावित भएको छ । यहाँ कैयौँ मानिस हिमपातका कारण फसेका छन् भने बलोचिस्तानमा ३१ जनाको ज्यान गएको बताइएको छ ।”
दक्षिण एशियाली मुलुक अफगानिस्तानमा पनि हिमपात र हिमपहिरोमा परी कम्तीमा ३९ जनाको मृत्यु भएको त्यहाँको प्रशासनले पुष्टि गरेको छ । हिमपातपछि काबुललाई उत्तरी क्षेत्रसँग जोड्ने सालाङ पास बन्द गरिएको छ ।
दुबै देशमा हिमपातपछि हिमाली तथा पहाडी त्यस क्षेत्रका प्रमुख सडक र सञ्चार पूर्वाधार अवरुद्ध हुन पुगेका छन् । उक्त क्षेत्रमा उद्धार टोलीहरू पुगिरहेका छन् । हिमपातका कारण मृत्यु हुनेको सङ्ख्या अझ निकै बढ्नसक्ने बताइएको छ । Photo: EPA-EFE
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण