गोरखामा पनि गोरु जुधाइयो, तस्बिरमा हेर्नुहोस्
बुधबार, ०१ माघ २०७६, १४ : ५६

गोरखा । माघेसंक्रान्तिको अवसर पारेर गोरखाको भीमसेन थापा गाउँपालिका ५ कसिन्थोकमा गोरु जुधाई कार्यक्रम सम्पन भएको छ ।
भीमसेन थापा गाउँपालिकाको विशेष सहयोगमा तथा स्थानीय क्लबहरु माछापोखरी नेवार समाज, समुन्नत युवा क्लब , खान्चोक सेवा समाज , नवजागरण विकास समाजको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा १५ हल अर्थात ३० वटा गोरु जुधाइएको थियो। प्रथम हुने गोरु कृषकलाई रु ८ हजार र सहभागी हुने गोरु कृषकलाई प्रति व्यक्ति २ हजार पुरस्कार दिइएको थियो।
सो अवसरमा कलाकारहरु मनोज गजुरेल, प्रकाश कटुवाल , सीता लामा ,गणेश जिसीले प्रस्तुति समेत दिएका थिए। नुवाकोटमा हुने गोरु जुधाइ मेलाले प्रसिद्धि कमाउँदै गर्दा गोरखामा पनि यसको थालनी भएकोहो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाटभटेनीबाट रक्सी, चुरोट र ‘सितन’ चोर्ने पक्राउ
-
भारतीय प्रहरीको गोली लागेर एक नेपाली घाइते, मोटरसाइकल चोरीको आरोप
-
एनआरएनए एकता महाधिवेशनसम्बन्धी रिपोर्ट परराष्ट्रमन्त्रीलाई हस्तान्तरण
-
अब प्रदीप नेपाल सम्झनामा मात्रै, पशुपतिमा अन्तिम बिदाइ (फोटोफिचर)
-
गभर्नर नियुक्तिको समस्या प्रधानमन्त्रीको कारण आएको होइन : देउवा
-
आर्मी र गण्डकी राष्ट्रिय पुरूष हक्की प्रतियोगिताको फाइनलमा