गोरखामा पनि गोरु जुधाइयो, तस्बिरमा हेर्नुहोस्
बुधबार, ०१ माघ २०७६, १४ : ५६
गोरखा । माघेसंक्रान्तिको अवसर पारेर गोरखाको भीमसेन थापा गाउँपालिका ५ कसिन्थोकमा गोरु जुधाई कार्यक्रम सम्पन भएको छ ।
भीमसेन थापा गाउँपालिकाको विशेष सहयोगमा तथा स्थानीय क्लबहरु माछापोखरी नेवार समाज, समुन्नत युवा क्लब , खान्चोक सेवा समाज , नवजागरण विकास समाजको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा १५ हल अर्थात ३० वटा गोरु जुधाइएको थियो। प्रथम हुने गोरु कृषकलाई रु ८ हजार र सहभागी हुने गोरु कृषकलाई प्रति व्यक्ति २ हजार पुरस्कार दिइएको थियो।
सो अवसरमा कलाकारहरु मनोज गजुरेल, प्रकाश कटुवाल , सीता लामा ,गणेश जिसीले प्रस्तुति समेत दिएका थिए। नुवाकोटमा हुने गोरु जुधाइ मेलाले प्रसिद्धि कमाउँदै गर्दा गोरखामा पनि यसको थालनी भएकोहो ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण