इरानमा सन् २०१२ पछि पहिलोपटक सर्वोच्च नेता खामेनीद्वारा प्रार्थनाको नेतृत्व
एजेन्सी । इरानका सर्वोच्च धार्मिक नेता आयातोल्ला अलि खामेनीले यस हप्ताको शुक्रबार तेहरानमा गरिने प्रार्थनामा नेतृत्व गर्नुहुने भएको इरानी अधिकारीले बताएका छन् ।
राज्य सञ्चालित समाचार संस्था (आइआरएनए)ले बुधबार इरानी अधिकारीलाई उद्धृत गर्दै तेहरानमा हुने प्रार्थनासभामा सात वर्षपछि खामेनीको उपस्थिति रहनेछ । तेहरानमा हुने इमाम (प्रार्थना) का लागि मुख्य व्यक्ति खामेनी ने भएपनि उनले उक्त जिम्मेवारी आफ्ना प्रतिनिधिमार्फत् सञ्चालन गर्दै आएका थिए ।
खामेनीले यस पहिले तेहरानस्थित मोसल्ला मस्जिद्मा सन् २०१२ को फेब्रुअरीमा गरेका थिए । ईस्लामिक क्रान्तिको ३३ औँ बार्षिक उत्सव र इरानले आणविक बिषयका कारण सङ्कट झेलेका समय नेतृत्व दिएर एकताका लागि सम्पूर्ण इरानीलाई प्रोत्साहन गरेका थिए ।
खामेनीको उत्तराधिकारीका रूपमा समेत हेर्ने गरिएका इरानी विशेष सुरक्षा बलका प्रमुख कासिम सुलेमानीको इराकको राजधानी बग्दादमा भएको अमेरिकी आक्रमणमा मृत्यु र प्रत्युत्तरमा तेहरानले इराकस्थित अमेरिकी सैन्य शिबिरमा गरेका आक्रमणका क्रममा इरानी नागरिकसमेत रहेको यूक्रेनी विमान खसालिएपछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै इरानी सर्वोच्च नेताले सक्रियता देखाएका हुन् ।
यूक्रेनी विमानलाई ‘भुलबश’ शत्रुद्वारा हानिएको ‘क्रुज मिसाइल’ भनी खसालेपछि इरानको राजधानी तेहरानमा सरकारविरोधी नारा लागेपछि सबैलाई अमेरिकाविरूद्ध एकतावद्ध गर्न उनले प्रार्थनाको नेतृत्व गर्न लागेको अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानद्वारा खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु
-
नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन चिनियाँ राजदूतका चार प्रस्ताव
-
‘विकासको अन्तिम मापन नागरिकको जीवनस्तरमा आउने सुधारले मात्र हुन्छ’
-
शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल
-
सीपीसी र रास्वपाको विचारधारा फरक भए पनि मूल लक्ष्य जनहित र राष्ट्रिय प्रगति नै हो : महामन्त्री आचार्य
-
‘नेपाललाई भू-जडित मुलुक बनाउन बीआरआई आयोजनालाई तीव्र पार्नुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण