एकै दिन ४२ अर्ब राजस्व
सरकारले पुसको अन्तिम दिन ४२ अर्ब रुपियाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालू आर्थिक वर्षको ६ महिना पूरा हुँदा मङ्गलबार मात्रै ४२ अर्ब ४६ करोड रुपियाँ राजस्व सङ्कलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
राजस्व सङ्कलन लक्ष्य पूरा गर्ने दबाबमा रहेको सरकारले सो दिन विभिन्न कर शीर्षकमा २५ अर्ब ५५ करोड, गैरकर शीर्षकमा १६ अर्ब ९० करोड र अन्य प्राप्तिमा दुई अर्ब ३० करोड रुपियाँ सङ्कलन गरेको हो । कार्यालयका अनुसार पुस मसान्तसम्म चार खर्ब ३३ अर्ब १५ करोड रुपियाँ सङ्कलन गरिएको छ । यो कुल राजस्व लक्ष्यको ३८.९५ प्रतिशत हो ।
सरकारले पुस मसान्तमा लक्ष्यअनुसार राजस्व उठाउन निकै प्रयत्न गरे पनि पहिलो छ महिनासम्मको राजस्व लक्ष्य भने भेट्न सकिएको छैन । पुससम्म पाँच खर्ब ३७ अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य रहे पनि समीक्षा अवधिसम्म एक खर्ब चार अर्ब न्यून राजस्व सङ्कलन भएको हो । अघिल्लो आवको पुससम्म सरकार पाँच खर्ब २० अर्ब रुपियाँ सङ्कलन गर्न सफल भएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण