सीको भ्रमणले विकासको नयाँ ढोका खोल्ने
काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणले नेपालमा विकासको ढोका खुल्ने विश्वाश चीन नेपाल औद्योगिक पार्कका अध्यक्ष गोविन्द थापाले व्यक्त गरेका छन् ।
उनले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति सीको भ्रमण ऐतिहासिक भएको विचार राखेका छन् । विज्ञप्तिमा उल्लेख छ– ‘राष्ट्रपति सीको भ्रमण नेपाल चीन मैत्री सम्बन्धमा कोषे ढुंगा बन्ने विश्वास नेपाल चीन मैत्री औद्योगिक पार्कको रहेको छ । विश्वको विकासको अगुवाइ गरिरहेको चीनका राष्ट्रपतिको भ्रमणले नेपालको विकासको नयाँ ढोका खोल्ने आशा एवं विश्वाश नेपाली जनताको रहेको छ ।’
चीन नेपाल औद्योगिक पार्क झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकाको १६ सय हेक्टरमा बन्न गइरहेको छ । मित्रराष्ट्र चीनको सहयोगमा सो औद्योगिक पार्क बन्न लागेको हो । पार्कका अध्यक्ष थापाले दिएको विज्ञप्तिमा लेखिएको छ– ‘नेपाल चीन मैत्रीलाई नयाँ उचाईमा उठाउने कार्यमा महामहिम राष्ट्रपति सीको भ्रमणले ठोस योगदान दिने विश्वाश व्यक्त गर्दै नेपाल चीन मैत्री औद्योगिक पार्क चीनका महामहिम राष्ट्रपति सी चिनफिङलाई हार्दिक स्वागत गर्दछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण