भलिबलमा एपीएफ र आर्मी विजयी
काठमाडौं । आरबीबी एनभीए राष्ट्रिय पुरुष तथा महिला क्लब भलिबल च्याम्पियनसिपमा शनिबार विभागीय टोली नेपाल एपीएफ र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहल कोर्टमा भएको महिलातर्फको खेलमा एपीएफले जाउलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई ३–० को सोझो सेटमा हरायो । एपीएफले २५–४, २५–८, २५–८ को जित निकाल्यो । जितसँगै एपीएफले तीन अंक बनाएको छ ।
महिलातर्फकै अर्को खेलमा आर्मीले भरतपुर मेट्रो खेलकुद परिषद्लाई ३–० कै सोझो सेटमा पराजित ग¥यो । आर्मीले भरतपुरलाई २५–८, २५–२०, २५–१० ले पराजित गर्याे ।
पुरुषतर्फको खेलमा नयाँबजार सामाजिक युवा क्लबले आरजी भलिबल ग्रुपलाई २५–२०, २५–१६, २५–१८ ले पराजित गर्दै तीन अंक बटुल्यो । च्याम्पियनसिपमा नयाँ बजारले पहिलो जित हो । आरजी ग्रुपले भने लगातार दोस्रो हार खेपेको छ ।
अर्को खेलमा नेपाल पुलिस क्लबले पार्वती भलिबल क्लबबाट वाकओभर पायो । प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले दुई लाख र उपविजेताले एक लाख रुपैयाँ पुरस्कार पाउने छन् ।
महिला र पुरुषतर्फका सर्वोकृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ पाउने छन् । विधागत उत्कृष्टले जनही १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । च्याम्पियनसिपमा पुरुषतर्फ ११ र महिलातर्फ सात टोली सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण