दीपकराज गिरीको आस्था राउतलाई पत्रः प्रहरी जवान बहिनीसँग माफी माग
काठमाडौँ। गायिका आस्था राउत र त्रिभुवन विमानस्थलको सुरक्षा जाँचमा खटिएकी महिला प्रहरी जवानबीच भएको विवाद तथा त्यसपछि उत्पन्न परिस्थितिबारे चर्चा परिचर्चा भइरहेको छ ।
यसैक्रममा कलाकार दीपकराज गिरीले गायिका आस्था राउतलाई फेसबुकमार्फत सुझावसहितको एक लामो ‘पत्र’ लेखेका छन् ।
उनले विगतमा आफूपनि यस्तै घटनाबाट विवादमा परेको स्मरण गर्दै कलाकार वा सेलेब्रेटीको गल्ती नै नभए पनि समाचार बाहिर आएपछि गल्ती कलाकारकै देखिने गरेको भन्दै चित्त दुखाएका छन् ।
सेलिब्रेटीलाई सेतो कपडासँग तुलना गर्दै गिरीले अरू रंगमा दाग नदेखिए पनि सेतोमा सानो दाग पनि देखिहालिने उल्लेख गर्दै भनेका छन्, ‘अतः सहनुपर्ने हामीले नै रहेछ । विदेशमा प्रायः यस्तो घटना हुँदैन, किनकि त्यहाँ नेता मात्रै भीआईपी हुँदैनन्, धेरै कर तिर्ने व्यापारीहरु , नाम चलेका खेलाड़ी, कलाकारहरूलाइ पनि भीआईपी मानिन्छ र सुविधाजनक ढंगले चेकजॉच हुन्छ र भीडको सामना गर्नु पर्दैन र यस्तो दुर्घटनाको सम्भावना कम हुन्छ । तर यो देशमा नेता मात्रै भीआईपी हो । यो संवेदनशीलतालार्इ हामीले बुझ्नु पर्छ । किनकि हामी भीडबाट नै गुज्रिनु पर्छ ।त्यस्तो अवस्थामा हामी सतर्क हुनैपर्छ ।’
यस्तै भीडमा प्रहरीलाई स्वाभाविकरुपमा प्रेसर हुने उल्लेख गर्दै सो क्रममा आस्थालाई दुर्व्यवहार गरेको भनिएकी महिला प्रहरी जवानबाट पनि त्यस्तै व्यवहार भएको उनसक्ने उनको भनाइ छ ।
उनले ‘कलाकार यस्तै घमण्डी हुन्छन्’ भनेजसरी टिकाटिप्पणी समेत भएको भन्दै त्यसरी टिप्पणी गरिँदा दुःख लागेको बताएका छन् । गिरीले भनेका छन्, ‘त्यसैले सत्य जे होस् त्यो प्रहरी जवान बहिनीसँग म माफ़ी माग्छु । तिमी पनि माग । सेलिब्रेटी कल्चर हाम्रो देशमा छैन , हामी सामान्य नागरिक नै हौँ यो वास्तविकतालाई बुझौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
