‘निर्मल लामा जनताको जीवनसँग अन्तरघुलित गर्ने व्यक्ति’
काठमाडौं । गण्डकी प्रदेशका प्रदेशप्रमुख अमिक शेरचनले निर्मल लामा माक्र्सवादलाई जनताको जीवनसँग अन्तरघुलित गर्ने व्यक्ति भएको बताएका छन् । निर्मल लामा स्मृति प्रतिष्ठानको छैंटौँ साधारणसभामा उनले लामा माक्र्सवाद प्रयोग र लागू गर्ने नेता भएको बताए ।
‘किताब पढेर माक्र्सवादको व्याख्या गर्ने धेरै नेता छन्’, उनले भने, ‘लामा सधैँ गरिब, सुकुम्वासी, निमुखा जनतासँग बस्ने, खाने उनीहरुको दुःखमा साथ दिने गर्नुहुन्थ्यो ।’ शेरचनले लामा पदको लागि कहिल्यै हानथाप नगर्ने आदर्श नेता भएको स्मरण गर्दै उनले पदमा आफू नबसेर सधैँ अरूलाई प्रस्ताव गर्ने गरेको उल्लेख गरे ।
उनले राष्ट्रियता मजबुत बनाउन जनताको जीवनस्तरसँग जोडिएका विभिन्न नीतिनियम संलग्न हुने उल्लेख गर्दै आम जनताले स्वीकार गर्ने नीतिनियम बनेमा मात्र राष्ट्रिता कमजोर नहुने टिप्पणी गरे । प्रतिष्ठानका कार्यवाहक अध्यक्ष लिलामणि पोखरेलले वार्षिक प्रतिवेदन तथा भावी कार्ययोजनासम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष दिलसुन्दर श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण