एपीएफ र आर्मी सेमिफाइनलमा
आइतबार, ०५ माघ २०७६, १८ : ४२
काठमाडौं । विभागीय टोली एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब पाँचौं आरबीबी एनभीए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् ।
राखेप कभर्डहलमा आइतबार भएको समूह ‘ए’ को खेलमा एपीएफ क्लबले भरतपुर मेट्रो खेलकुद परिषद् (बीएमसी) लाई ३–० को सेटमा हरायो । एपीएफले बीएमसीलाई २५–११, २५–१२, २५–१६ ले पछि पारेको थियो । आर्मीले जाउलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई ३–० को सोझो सेटमा हरायो ।
आर्मीले २५–११, २५–५, २५–११ के जित निकालेको थियो । च्याम्पियनसिपमा हेल्प नेपाल स्पोर्ट्स क्लब समूह ‘डी’ मा पहिलो जित निकाल्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । हेल्प नेपाल स्पोर्ट्सले पहिलो जित निकाल्ने क्रममा बुद्ध टोल युवा भलिबल क्लबलाई २५–१०, २५–१५, २५–११ ले पराजित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण