पाम आयलले बढायो निर्यातको गति
काठमाडौं । मंसिर महिनामा देशको भुक्तानी सन्तुलन घाटामा देखिएको छ । असोज महिनामा निकै थामिएको आयातका कारण देखिएको शोधानान्तर बचतको अवस्थालाई अघिल्लो महिनाजस्तै मंसिर महिनाको असन्तुलनले घटाएको हो ।
कात्तिक महिनासम्म नेपालको शोधानान्तर अवस्था २७ अर्ब २३ करोड बचतमा थियो मंसिर मसान्तसम्म आइपुग्दा २३ अर्ब ३० करोडमा सीमित भएको छ । यो अवस्थाले मंसिर महिनामा देशमा भित्रिने विदेशी मुद्राभन्दा बाहिरिने मुद्रा करिब ४ अर्ब बढी रहेको देखाउँछ । सोही कारण नेपालसँग भएको विदेशी मुद्रा सिञ्चिति १०८८ अर्ब ३१ करोड रुपैंयामा झरेको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
विदेशी मुद्रा सञ्चिति घटेको भए पनि वस्तु तथा सेवाको आयात धान्ने लक्षित सीमा भने कायमै छ । यो सञ्चितिले ८.७ महिनाको लागि आवश्यक वस्तु तथा सेवा खरिद गर्न पुग्छ जबकी राष्ट्र बैंकले यो वर्ष ७ महिनाको आयात धान्न सक्ने मुद्रा सिञ्चिति गर्ने लक्ष्य लिएको थियो ।
भुक्तानी असन्तुलनको प्रमुख कारण आयातको वृद्धि नै हो । समीक्षा अवधिमा आयात घटेको देखिए पनि मंसिर महिनामा भने यो बढेको छ । कात्तिक महिनासम्म देशको आयात ६.९ प्रतिशतले घटेको थियो भने निर्यात २३.९ प्रतिशतले बढेको थियो । मंसिर मसान्तसम्ममा आइपुग्दा निर्यातको वृद्धिदर २७ प्रतिशत पुग्यो तर आयात घट्ने क्रम भने ४.२ प्रतिशतमा सीमित भयो । १४ गुणाको आयात निर्यात अनुपातका कारण निर्यात वृद्धिको प्रभाव अर्थतन्त्रमा देखिएन ।
नेपालले गर्ने कुल वैदेशिक व्यापारमध्ये भारतमा हुने व्यापार सबैभन्दा धेरैले बढेको छ । ५ महिनाको अवधिमा भारतमा भएको निर्यात अघिल्लो वर्षको सोही समयको व्यापारभन्दा ६८ प्रतिशत बढी हो । तर सोही अवधिमा चीन र अन्य मुलुकमा हुने निर्यात भने घटेको छ । भारतको निर्यात बढ्नुमा पाम तेल, अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), आयुर्वेदिक औषधि लगायतको योगदान बढी रहेको राष्ट्र बैंकले जनाएको छ । योमध्ये पाम आयल मात्रै ११ अर्ब ५२ करोडको निर्यात भएको छ । यो जम्मा निर्यातको २४ प्रतिशत हो ।
भारततर्फको ९.५ प्रतिशतले घटे पनि घटे पनि चीनतर्फको आयात १५.६ प्रतिशतले बढेको देखिएको छ । अन्य देशरुसँग भने भारतको जस्तै आयात घटेको र निर्यात भने बढेको अवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेठ १९ मा गोपीकृष्ण राष्ट्रिय पुरस्कार बाँडिने
-
बाल मन्दिर जग्गा विवादमा राई स्कुलका प्रिन्सिपलविरुद्ध पक्राउ पुर्जी
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
-
सत्ता अदल–बदलले हिक्मतकुमार कार्की तेस्रो पटक मुख्यमन्त्री बन्न सफल
-
नयाँ सहर बसाल्न साउदीले लियो खतरनाक निर्णय
-
विदेश पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ