चीनको शहरी जनसङ्ख्या बढ्यो
एजेन्सी । चीनको कुल जनसङ्ख्याको ६०.६ प्रतिशत शहरी क्षेत्रमा बसोबास गर्दै आएका चीनको आधिकारिक तथ्याङ्कले देखाएको छ ।
तथ्याङ्क सन् २०१८ को तुलनामा १.२ प्रतिशतले बढेको देखिएको छ । सन् २०१९ को अन्त्यसम्ममा चीनको शहरी क्षेत्रमा कुल ८४ करोड ८४ लाख ३० हजार जनसङ्ख्या रहेको छ भने गाउमा ५५ करोड १६ लाख २० हजार देखिएको राष्ट्रिय तथ्याङ्क विभागले आइतबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
चीनको शहरी जनसङ्ख्यामा अघिल्लो वर्षभन्दा एक करोड ७० लाख बढेको छ भने गाउँको जनसङ्ख्या एक करोड २० लाख ३९ हजार घटेको विभागले बताएको छ । चीनको मध्य तथा पश्चिमी क्षेत्रमा गाउँबाट शहर पस्ने दर अत्यधिक रहेको छ भने यो दर पूर्वी तथा उत्तरी क्षेत्रमा तुलनात्मकरूपमा घटेको छ ।
चीनले भौगोलिक विकटताका कारण गरिबीको रेखामूनि बाँच्न बाध्य आफ्ना नागरिकलाई पछिल्ला केही वर्ष यता एकिकृत वस्ती निर्माण गर्ने र आधारभूत सार्वजनिक सेवा र सामाजिक सुरूक्षाको प्रत्याभूत गर्ने योजनाहरूमार्फत् व्यवस्थित शहरीकरणलाई प्रवद्र्धन गर्ने रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डमा पहिलोपटक ‘नेपाल महोत्सव’ हुँदै
-
सङ्घीयता र एआईको युग अनुकूल नयाँ पुस्तकालय नीति बनाउन सांसदहरूको जोड
-
गणेश नेपालीको मृत्युबारे यस्तो छ वीर अस्पतालको आधिकारिक विज्ञप्ति
-
सिंहदरबारभित्र एकीकृत ‘सिंहदरबार पुस्तकालय’ बनाउन प्रस्ताव
-
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
-
सरकार खुसी पार्न संयन्त्र केन्द्रित हुँदा नागरिक असुरक्षित : महर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण