प्रेमी देवांशसँग म्युजिक भिडियोमा साम्राज्ञी
काठमाडौं । पछिल्लो समयकी हिट हिरोइन् हुन् अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह । चलचित्रमा उनको डिमान्ड दिन प्रतिदिन बढ्दो छ । त्यसैले पनि होला उनलाई चलचित्रमा लिन निर्माता निर्देशक मोटो रकम तिर्न समेत तयार छन् ।
अभिनेत्री साम्राज्ञी अभिनित यो वर्ष ‘रातो टिका निधारमा’ र ‘मारुनी’ प्रदर्शनमा आए । तर दुबै फिल्म बक्सअफिसमा असफल ठहरिए । सायद त्यसैले पनि होला उनी अहिले मौन छिन् ।
पछिल्लो समय उनी प्रेमी देवांश जंगबहादुर राणा र परिवारसँग समय बिताइरहेकी छिन् । जसको पुष्टि उनले बेलाबेलामा सार्वजनिक गर्ने तस्विरले पनि गर्दछ ।
यसैबीच, साम्राज्ञीले एक म्यूजिक भिडियो समेत अभिनय गरेकी छन् । साम्राज्ञीले प्रेमी देवांशसँग म्युजिक भिडियोमा काम गरेकी हुन् ।
साम्राज्ञी आफैले प्रेमीसँगको तस्वीर सार्वजनिक गर्दै म्युजिक भिडियोमा काम गरेको उल्लेख गरेकी छिन् । उनले आफ्नी आमा नेहा आरएल शाहको आवाजमा समावेश ‘तिमी र म’ बोलको गीतको भिडियोमा मोडलिङ गरेकी हुन् ।
अब म्युजिक भिडियो अभिनयमा निरन्तरता रहन्छ, रहँदैन यस विषयमा भने केही बताएकी छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण