विवाहको मौसममा खुशीयाली थप्दै यामाहा स्यालुटो, ३२ इन्चको टीभी उपहार
काठमाडौं– विवाहको मौसमलाई लक्षित गरी नेपालका लागि यामाहा टू–ह्वीलर्सको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहा सलुटोका ग्राहकहरुका लागि आकर्षक योजना अघि सारेको छ ।
यामाहा प्याटेन्टेन १२५ सीसीको ब्लुकोर इन्जिनजडित यामाहा स्यालुटो उच्च कोटीको पर्फर्मेन्स, उत्कृष्ट माइलेज र विश्वसनीयताका कारण ग्राहकमाझ लोकप्रिय छ । यामाहा सलुटोको नारा ‘माइलेज तिमीलाई सलाम’ रहेको छ ।
‘दाम्पत्य जीवनको शुरुवात्, यामाहा स्यालुटोको साथ’ शिर्षक राखिएको यस योजनाले विवाहको मौसममा नवविवाहित दम्पत्तिहरु र भर्खरै सम्बन्धमा जोडिएको परिवारहरुमाझ थप खुशी र हर्ष ल्याउने अपेक्षा एमएडब्लु इन्टरप्राइजेजले लिएको छ ।
यो योजना अन्तर्गत यामाहा सलुटो र यामाहा एसजेड आरआर भी२.० को खरिद गर्ने ग्राहकले भिडियोकनको ३२ इन्च एलइडी टीभी पाउने छन् । कम्पनीले यो योजना माघ ५ गतेदेखि नेपालभर रहेका सबै यामाहा डिलरहरुमा लागल गरेको जनाएको छ ।
यामाहाका मार्केटिङ हेड विक्रम पौडेलले भने, ‘हामी यो विवाहकको मौसमलाई थप उल्लासमय बनाउन चाहन्छौं । त्यसैले सलुटो वा एसजी आरआर किन्दा उपहारमा टिभी पाउने योजना ल्याएका छौं । हामीलाई विश्वास छ यो योजनाले नवविवाहित दम्पत्ति मात्र होइन भर्खरै पारिवारिक सम्बन्धमा जोडिएकाहरु पनि खुशी हुनुहुनेछ । जीवनको नयाँ अध्याय सुरुवात गर्ने सबैमा सुखद दाम्पत्य जीवनको शुभकामना पनि व्यक्त गर्न चाहन्छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण